सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट प्लास्टिकका फूलमाला बरामद

२०८० कार्तिक २६, ०३:१२ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट प्लास्टिकका फूलमाला बरामद गरिएको छ।

प्रहरीले प्लास्टिकको फूलमाला र पूजा सामग्री बरामद गरेको हो। नगर प्रहरीले अत्तरिया बजारका विभिन्न स्थानबाट करिब २ बोरी प्लास्टिकका माला र अन्य पूजा सामग्री बरामद गरेको हो।

नगर प्रहरी सहायक निरीक्षक मोहनदेव पन्तका अनुसार शनिवार र आइतबार गरी बजार क्षेत्रबाट दुई बोरा प्लास्टिकका फूलमाला नियन्त्रणमा लिएको हो। नगरपालिका तथा स्थानीय प्रशासनले प्लास्टिकका फूलमाला विक्रीवितरणमा रोक लगाएको छ।

कमेन्ट लोड गर्नुस