सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई स्थानमा फूल उत्पादक किसानका लागि विक्री केन्द्र स्थापना

२०८० कार्तिक २६, १२:५५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले फूल उत्पादक किसानका लागि छुट्टाछुट्टै दुई स्थानमा विक्री केन्द्र स्थापना गरिदिएको छ।

आज (आइतबार) देखि किसानले उत्पादन गरेका फूल विक्रीवितरण गर्न उपमहानगरले स्थान छनोट गरेर विक्री केन्द्र स्थापना गरिदिएको हो। फूल खेती गर्ने किसानका लागि उत्पादित फूल विक्री गर्न बोराडाँडीस्ति भाटभटेनी सुपर मार्केट र उपमहानगरपालिका कार्यालय परिसर अगाडी विक्री केन्द्र स्थापना गरिएको छ।

उपमहानगरले स्थापना गरिदिएको फूल विक्री केन्द्रबाट सेवाग्राहीले सहज रुपमा फुल पाउने गरी विक्री केन्द्र स्थापना गरिएको नगरप्रमुख गोपाल हमालले बताए। यस वर्ष धनगढीका झण्डै एक दर्जन किसानले व्यवसायीक रुपमा फूल खेती गरेका छन्। उत्पादित फूल तिहारको समयमा सहज र भरपर्दो रुपमा विक्री गर्न केन्द्र नै स्थापना गरिदिएर किसानले उत्पादन गरेका फूल विक्रीवितरणमा उपमहानगरले सहयोग गरेको हो।

May be an image of 15 people, dais and text

धनगढीमा करिब एक वर्षदेखि प्लास्टिकका फूलमाला आयात र विक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ। यसबाट फूल उत्पादक किसान झनै उत्साहित भएका छन्। धनगढीका फूल उत्पादक किसानले पर्याप्त मात्रामा फूल उत्पादन गरेकाले आयातित फूलमा निर्भर हुनुपर्ने बाध्यता हटेको छ। स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न उपमहानगरले किसानलाई फूल उत्पादनमा लाग्न प्रेरित गर्नुका साथै बजार खोजिदिने काममा समेत सहयोग गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस