सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दिया राष्ट्रिय निकुञ्जबाट पाटेबाघको उद्धार

२०८० कार्तिक २६, ११:४२ खबर संवाददाता

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ। बिरामी तथा घाइते अवस्थामा रहेको पोथी पाटेबाघ रेखदेखलगायत उपचारको लागि उद्धार गरिएको हो।

घिस्रिदै हिँड्दै गरेको पोथी पाटेबाघलाई डार्टमार्फत लठ्याएर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए। १३÷१४ वर्ष उमेर पुगेको पोथी पाटेबाघ सन् २०१३ को बाघ गणनाका क्रममा अटोमेटिक क्यामेरामा परेवा ओडारमा तस्बिर कैद भएको थियो।

गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटेबाघलाई राख्ने उचित ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको अधिकृत दाहालले बताए।
 

कमेन्ट लोड गर्नुस