बैतडीबाट एक जना बेपत्ता

बैतडीः बैतडीबाट एक जना तीन दिनदेखि बेपत्ता छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड जालाघरका ५८ वर्षीय माधव भट्ट कार्तिक २३ गते बिहीवार रातिदेखि बेपत्ता भएका हुन्।
खाना खाएर घरमा सुतेका भट्ट एक्कासी घरबाट बेपत्ता भएका उनकी बुहारी भागरथी भट्टले बताइन्। रातिको समयमा घरबाट बेपत्ता भएका भट्टको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म फेला पार्न सकिएको छैन्। महारुद्र देवताका पूजारी समेत रहेका भट्ट हराएको बिषयमा प्रहरीमा खोजीकार्यका लागि निवेद समेत दिएको उनकी बुहारी भागरथीले बताइन्।
बेपत्ता भट्टको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय गुरुखोलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक देबबहादुर थापामगरले बताए। बेपत्ता भट्टलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८७१२६०७ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।



