धादिङ केन्द्रबिन्दु भएर फेरी भूकम्प
धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रबिन्दु भएर हिजो राति भूकम्प गएको छ। शनिवार राति ११ बजेर २३ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पले सामान्य धक्का दिएको हो। उक्त भूकम्पबाट कुनैपनि क्षति भएको छैन्। यसअघि कार्तिक पाँच गते धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसयता पराकम्पहरू निरन्तर गइरहेका छन्।