धनगढीमा श्रीमद भागवत महायज्ञ हुने
२०८० कार्तिक २५, ०३:००
धनगढीः कैलालीको धनगढीमा श्रीमद भागवत सप्ताह ज्ञान धन–धान्याञ्चल महायज्ञ मंसिर ७ गतेबाट आयोजना हुने भएको छ।
नेपाल मानव धर्म सेवा समिति शाखा धनगढीको आयोजनामा महायज्ञको आयोजना हुन थालेको हो।
नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम भवन निर्माणार्थ मंसिर ७ देखि १५ गतेसम्म नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र शाखा आश्रम धनगढी आश्रम प्राङ्गणमा कार्यक्रमको आयोजना गरिने धनगढी समितिका अध्यक्ष हेमराज अधिकारीले बताए। आचार्य पण्डित श्री राघव उपाध्यायबाट कथाको वाचन हुने उनले बताए।
कमेन्ट लोड गर्नुस