सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वाणीमा मोटरसाइकल दुर्घटना  

२०८० कार्तिक २५, १०:१० खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित वाणीमा मोटरसाइकल दुर्घटना भएको छ।

धनगढीदेखि महेन्द्रनगर जाने क्रममा बैतडीको पुर्चौडी नगरपालिका-७ का २५ वर्षीय करन साउदले चलाएको बा २ ब ८९५० नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ।

मोटरसाइकल  चालक साउदको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। पछाडी सवार २८ वर्षीय प्रकाश जोशी सामान्य घाइते भएका छन्। उनीहरु दुबैको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस