सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाले भूकम्प पीडितका लागि फेन्सी सामग्री पठायो

२०८० कार्तिक २४, ०९:२९ खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरी नगरपालिकाले पनि जाजरकोटका भुकम्प पीडितका लागि फेन्सी सामग्री पठाएको छ। शुक्रवार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टको परिचालनमा अत्तरिया बजारबाट संकलन गरिएका फेन्सी सामग्री भुकम्प प्रभावित क्षेत्रमा पठाईएको हो।

सामग्री संकलनका लागि भुपु सैनिक नवराज पाठक लगायतको टोली खटिएको थियो। उक्त टोलीले संकलन गरेको ७ बोरा फेन्सी सामग्री नगरप्रमुख भट्टलाई हस्तान्तरण गरिएको जनाएको छ। नगरपालिकाको सहकार्यमा बजारबाट फेन्सी सामग्री संकलन गरेको पाठकले बताए। अत्तरिया बजारका व्यवसायीहरुले जाजरकोटका भुकम्प प्रभावितहरुका लागि सामग्री सहयोग गरेको भन्दै उनले सबै व्यवसायीहरुलाई धन्यवाद दिए।

पठाईएका सामग्रीहरुमामा जुत्ताचप्पल, बच्चाका ट्रयाकसुट, ज्याकेट, ब्लांकेट, धोती सारी लगायत छन। उनले नगरको सहयोगमा खाद्यान्न संकलनको पनि तयारी थालिएको बताए। नगरपालिकाले पनि भुकम्प प्रभावितहरुका लागि नगद रकम सहयोग गरेको र अन्य पालिकाहरुबाट पनि संकलन भैरहेकाले संघमार्फत नै उक्त आर्थिक सहयोगहरु प्रशासनलाई जिम्मा दिईने नगरप्रमुख भट्टले बताए।

कमेन्ट लोड गर्नुस