सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको चैनपुरमा अस्थायी ‘भूकम्प मापन केन्द्र’ निर्माण

२०८० कार्तिक २४, ०२:२१ खबर संवाददाता

बझाङः बझाङको चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ।

गत असोज १६ गते चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ म्याग्निट्यूडको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको हो। पछिल्लो समय सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङमा पनि मापन केन्द्र निर्माण गरेको हो।

बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको छ। सुदूरपश्चिममा हाल बझाङसहित बाजुरा र दार्चुलामा पनि केन्द्र निर्माण गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

कमेन्ट लोड गर्नुस