सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडकमा जथाभावी फोहोर फाल्ने धनगढीका व्यवसायी र बैंकलाई जरिबाना

२०८० कार्तिक २४, ११:३३ खबर संवाददाता

धनगढीः सडकमा जथाभावी फोहोर फाल्ने धनगढीका केही व्यवसायी र बैंकलाई जरिबाना गरिएको छ।

धनगढी उपमहानगरपालिकाले रातिको समयमा सडकमा जथाभावी फोहोर फाल्ने व्यवसायी र बैंकलाई जरिबाना गरेको हो। सडकमा जथाभावी बिलसहितको फोहोर फालेको उपमहानगरको सरसफाई शाखाका कर्मचारीले फेला पारेका थिए। हिजो (बिहीवार) बिहान १० बजे कार्यालय समयमा गएर केही बैंकहरू, क्याफे र मोबाइल पसललाई उपमहानगरको सरसफाई शाखाले जरिबाना गराएर जथाभावी फोहर नगर्न प्रतिबद्धता गराइएको छ।

जरिबाना गरिएका व्यवसायी एवं बैंकहरुको नाम भने खुलाइएको छैन। साथै, सडकमा जथाभावी फोहोर नफाल्न उपमहानगरपालिकाले व्यवसायी एवं नगरवासीलाई आग्रह समेत गर्दै आएको छ।

May be an image of ticket stub, diary and text

कमेन्ट लोड गर्नुस