सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप लामिछाने मुद्दाः एक महिनाभित्र बहस नोट पेस गर्न आदेश

२०८० कार्तिक २४, ०८:५८ खबर संवाददाता

काठमाडौँः जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहिबार सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश गरेको हो।

यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा खेल्ने अनुमति दिन आदेश गरेको थियो।

कमेन्ट लोड गर्नुस