सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिरियामा अमेरिकाको हवाइ आक्रमण, नौ जनाको मृत्यु

२०८० कार्तिक २४, ०६:१५

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाइ आक्रमणमा कम्तीमा नौ लडाकु मारिएका छन्। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेको हो।

गम्भीर घाइते भएका लडाकूको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाइ आक्रमण’ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस