सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ९ लाख मूल्यका अवैध सामान बेवारीसे अवस्थामा फेला

२०८० कार्तिक २३, ०८:४४ खबर संवाददाता

बैतडीः बैतडीमा प्रहरीले अवैध सामान बरामद गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–४ छेलाबाट अन्दाजी ९ लाख मूल्यका कपडा फेला पारेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ८ लाख ९७ हजार ७५० मूल्य बराबरका भन्सार छलीका कपडा बिहीवार बेवारिसे अवस्थामा फेला पारेको हो।

बिहीवार जिल्लाको दशरथचन्द नगरपालिका–४ छेलाबाट रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बरामद गरेको सामान महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस