सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाराबाट हतियारसहित ५ जना पक्राउ

२०८० कार्तिक २३, ०५:२६ खबर संवाददाता

काठमाडौँः बारा प्रहरीले सिम्रौनगढबाट दुई पेस्तोल र दश थान गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिम्रौनगढ नगरपालिका–११ भगवानपुरका ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहट जिल्ला बौधीमाई नगरपालिका–२ का ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शोभा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

सिम्रौनगढ–११ भगवानपुर का रूपलाल पटेलका छोरा उपेन्द्र पटेलले आफ्नो घरमा अवैध रूपमा हतियारसहित मानिस लुकिछिपी बसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले घर खानतलासी गरेको थियो। खानतलासीका क्रममा कालो रंगको  पोलिथिन झोलाभित्र लुकाई छिपाई राखेको एउटा नलकटुवा पेस्तोलसहित एक थान गोली र एउटा रिभाल्वर सहित सात थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। योसँगै  केएफ लेखिएको दुई थान गोली बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

पक्राउ परेकालाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना ऐनअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस