सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस वर्षको अक्टोबर महिना अहिलेसम्मकै तातो

२०८० कार्तिक २३, ०६:१४ खबर संवाददाता

काठमाडौँः विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म रेकर्ड गरिएको भन्दा बढी पुगेको अनुसन्धानले देखाएको छ। यसअघिको सबैभन्दा गर्मी अक्टोबर २०१९ को थियो। यस वर्ष अक्टोबर महिनाको तापक्रम ०.४ डिग्री सेल्सियस बढेको छ।

युरोपेली र जापानी अनुसन्धान केन्द्रका डेटाहरू कम्प्युटर मोडलिङ एनालाइसिसले तापक्रम वृद्धि भएको देखाएको हो। कम्प्युटर मोडलमा त्यसलाई पुनः विश्लेषण गरिएको थियो। जसमा भू–सतहमा रहेका मौसम केन्द्र, भू–उपग्रह तथा अन्य विभिन्न स्रोत तथ्यांकहरूको आधारमा अनुसन्धान गरिएको बताइएको छ।

कार्बन उत्सर्जन तथा एल निनोको कारण वैज्ञानिकहरूले विश्वभरको तापक्रम कीर्तिमानी स्तरमा तातो बनेको बताएका छन्। विश्वभरका तापक्रम पाँच महिनादेखि कीर्तिमान बनाएको छ। यसले यो वर्ष पृथ्वी सबैभन्दा गर्मी वर्ष हुने दिशामा देखिएको छ। एल निनो प्रशान्त महासागरको सतहमा तातो बहाव हो।

जसले विश्वभर औसत तापक्रमलाई वृद्धि गर्न काम गर्छ। जापानको मौसम नियोगले १९८१ देखि २०१० सम्मको अक्टोबरको औसत तापक्रमभन्दा अक्टोबर महिनाको तापक्रम ०.९५ डिग्री सेल्सियस बढी रहेको जनाएको छ। यो तापक्रम १८५०–१९०० सम्मको विश्वभरको औसत अक्टोबर तापक्रमभन्दा १.७ डिग्री सेल्सियस बढी भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस