सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आगामी मंसिर २२ गतेदेखि फारवेष्ट पशुपति कप हुने

२०८० कार्तिक २२, ०४:३४ खबर संवाददाता

धनगढीः छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसिर २२ गतेदेखि आयोजना हुने भएको छ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवा क्लबले प्रतियोगिता आगामी मंसिर २२ गतेदेखि आयोजना गर्ने जानकारी गराएको हो। पाचौं संस्करणको आयोजनापछि तीन बर्ष रोकिएको प्रतियोगिताको छैठौं संस्करण मंसिर २२ देखि २९ गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुने कार्यतालिका छ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५÷१५ हजार पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउनेछन्।

सबै धनराशी जोडेर ८ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ। धनगढी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले बताए। उनका अनुसार प्रतियोगिता आयोजनामा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

कमेन्ट लोड गर्नुस