सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र शुक्लाफाँटाबाट भन्सार छलीका सामान बरामद 

२०८० कार्तिक २२, १०:०८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ हजार ८ सय ७० मूल्य बराबरको चिनी, पानीपुरी, नरिवल, ललिपप, लेडिज सुट लगायतका सामान प्रहरीले बराबद गरेको छ। धनगढी उपमहानगरपालिका–३ बाट अन्दाजी २५ हजार मूल्य बराबरको मिठाई, लेडिजसुट, कुर्ता लगायतका सामान नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी स्थित सडक किनाराबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १२ हजार ६ सय मूल्य बराबरको चिनी, तेल, मिठाई लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। मंगलबार खटिएका गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी सबै सामान नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस