सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द नगरस्तरीय क्रिकेटः आज फाइनल हुने

२०८० कार्तिक २२, ०७:५७ खबर संवाददाता

बैतडीः बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा आज फाइनल खेल हुने भएको छ। फाइनल खेलमा उपाधिका लागि दशरथचन्द नगरपालिका-२ र दशरथचन्द नगरपालिका-४ भिड्ने भएका छन्।

बुड्डाबाजे खेलमैदान रातामाटामा दुवै टोलीबीच आज फाइनल प्रतिस्पर्धा हुने नगर विकास खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए। जारी प्रतियोगितामा दशरथचन्द-१० लाई १९ रनले पराजित गर्दै दशरथचन्द-२ फाइनलमा प्रवेश गरेको हो।

यस्तै सेमीफाइनलमा दशरथचन्द-११ लाई २ विकेटले पराजित गर्दै दशरथचन्द-४ फाइनलमा प्रवेश गरेको थियो। नगर खेलकुद विकास समितिको वार्षीक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११ टीमको सहभागिता रहेको थियो।

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस