सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक युवाले लागुऔषधसहित प्लास्टिक निलेपछि ...

२०८० कार्तिक २१, १०:२७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखाबाट उनीहरू प्क्राउ परेका हुन।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० का सवर्ण बोहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका अनिल श्रीपाली पक्राउ परेका हुन। उनीहरूको साथबाट इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले १९ दशमलव ६५ ग्राम लागुऔषध बरामद गरेको छ। प्रहरीका अनुसार बोहराले लागुऔषध बेरिएको प्लास्टिकको पोको नै निलेका थिए। उनी बेहोस भएका थिए। चिकित्सकले उनको मुखबाट लागुऔषध (खैरो हिरोइन)को पोको निकालेको हो।

उनीहरूलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

 

कमेन्ट लोड गर्नुस