सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने खतरा बढिरहेको छ : अध्यक्ष आचार्य

२०७६ वैशाख १८, १०:३३ खबर संवाददाता

नेपाल पत्रकार महासघंका अध्यक्ष गोविन्द आचार्यले सरकारले बनाएका कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अंकुश लगाउने खतरा बढेको बताएका छन। श्रमिक दिवसका अवसरमा काठमाण्डौमा महासघंले आयोजना गरेको कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति कसैसँग पनि सम्झौता नगर्ने बताएका हुन। 

उनले लोकतन्त्रको आधारभुत मान्यतालाई कसैले हस्तक्षप गरेमा चुप लागेर नबस्ने पनि बताएको छ। पत्रकारलाई सम्मानपूर्वक बाँच्नका लागि र श्रम अनुसारको ज्याला दिने विषयमा कार्यक्रममा सहभागी अन्य ब्यक्तिहरुले पनि समर्थन जनाएका छन्। दिवसको अवसरमा बुधबार बिहान महासंघले ऐक्यबद्धता ¥याली गरेको हो। ¥याली माइतीघरदेखि नयाँबानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको थियो। 

कमेन्ट लोड गर्नुस