जाजरकोटमा फेरि ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प
धनगढीः जाजरकोटमा फेरि भूकम्प गएको छ। सोमवार ४ बजेर ३१ मिनेटमा रामीडाँडा क्षेत्रमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प मापनकेन्द्र सुर्खेतका अनुसार आइतवार १ बजेर २२ मिनेटमा समेत भूकम्प गएको थियो। सोमवारकाे ४ म्याग्निच्युडको भूकम्पले धनगढीसहित पश्चिम नेपालमा समेत धक्का दिएको छ।
कात्तिक १७ गते शुक्रवार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। शुक्रवार रातिदेखि हालसमम्म आठ पटक चार म्याग्निच्युड माथिका भूकम्प गएका छन्।