सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विद्युतिय स्कुटरको ठक्करबाट दुई जना घाइते

२०८० कार्तिक २०, १०:२७ खबर संवाददाता

धनगढीः कैलालीमा विद्युतिय स्कुटरको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन्।

जिल्लाको लम्किचुहा नगरपालिका-२ मोटीपूर स्थित भित्रि सडक खण्डमा ३४ वर्षीय वासुदेव भाटले चालएको स्कुटरको ठक्करबाट सोही ठाउँका दुई जना पैदलयात्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

ठक्करबाट घाइते हुनेमा लम्किचुहा-२ का ३० वर्षीया लक्ष्मी धामी र ५० वर्षीया आइती चलाउनी रहेको प्रहरीले बताएको छ। घाइते लक्ष्मीको लालरत्न अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको जनाइएको छ। चलाउनीको भने लालरत्न अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको बताएको छ।     

  
 

कमेन्ट लोड गर्नुस