सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट नगदसहित सात जुवाडे पक्राउ

२०८० कार्तिक २०, ०७:४१ खबर संवाददाता

धनगढीः कैलालीबाट नगदसहित सात जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ कालागौडी घर भई धनगढी कोठागरी बस्ने ३५ वर्षीय हेमराज अवस्थीसहित ३ जना आईतवार साँझ पक्राउ परेका हुन्।

बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६७ हजार ६ सय ५६ र तास ३ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ४ जुवाडे पक्राउ परेका छन्। नगरपालिकाको वडा नम्बर १ सुन्दरपुरमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई राति २ बजे पक्राउ गरेको हो।

उनीहरूको साथबाट ६३ हजार २ सय ५० रुपैयाँ र १ गड्डी ताससमेत बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। पक्राउ पर्नेमा ४२ वर्षीय हेम कार्की, ४१ वर्षीय जितमान चौधरी, ४२ वर्षीय योगेन्द्र ऐर र ३८ वर्षीय कृष्ण चौधरी रहेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस