सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७६ वैशाख १८, ०७:१८ खबर संवाददाता

कैलालीको गोदावरीमा भएको मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। गएराती २ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ४ को खैराना पुल नजिकै से १ प ३७५० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी ८ का ४० वर्षीय आशाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनापछि अत्तरियाको पद्यमा अस्पताल पु¥याईएका  चौधरीलाई थप उपचारका लागि धनगढी ल्याउँदै गर्दा उनको मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस