डडेल्धुरा जिल्ला स्तरीय भलिबलको उपाधि अनेरास्ववियुलाई
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/IMG20231104162647-1024x461_0.jpg?itok=cII2wj2x)
धनगढीः डडेल्धुरा जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि अनेरास्ववियुले जितेको छ। जेसीज वर्ष २०२३ ले आयोजना गरेको खुला भलिबलको उपाधि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हात पारेको हो।
शनिवारको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई ३–० को सोझो सेटमा हराउँदै अनेरास्ववियुले उपाधि हात पारेको छ। उपाधिसँगै अनेरास्ववियुले नगद ५१ हजार एक सय ११ रूपैयाँसहित ट्रफि हात पारेको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २५ हजार एक सय ११ रुपैयाँमा चित्त बुझाएको छ।
यस्तै, आयोजक जेसीज डडेल्धुराले सशस्त्र प्रहरी गुल्म न. ५२ लाई पराजित गर्दै तृतीय स्थान हासिल गर्न सफल भयो। आयजकले १५ हजार एक सय ११ रूपैयाँ पुरस्कार प्राप्त पाएको छ।
डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक १२ गतेदेखी १८ गतेसम्म जेसीज सप्ताह कार्यक्रमको अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले बताए।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)