सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भलिबल प्रतियोगिता हुने

२०८० कार्तिक १८, ०९:०९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा भलिबल प्रतियोगिता हुने भएको छ। बेलडाँडी गाउँपालिका वडा नम्बर १ मा प्रगति एकता समाजको आयोजनामा खुला भलिबल प्रतियोगिता हुने भएको हो।

दीपावलीको अवसरमा हुने प्रतियोगिता कात्तिक २५ देखि सुरु हुने छ। समाजका अध्यक्ष शंकरदत्त भट्टले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

अध्यक्ष भट्टका अनुसार प्रतियोगिताका विजेता टिमलाई ५१ हजार, उपविजेता टिमलाई २५ हजार एक सय नगदसहित ट्रफि, मेडल प्रदान गरिने छ। बेलडाँडी १ सिद्धचोक स्थित सिद्धनाथ आधारभुत विद्यालयको प्राङणमा प्रतियोगिता हुनेछ ।

टिम दर्ता शुल्क २ हजार ९ सय ९९ तोकिएको छ। टिम सहभागिताका लागि जिल्लाका विभिन्न क्लबहरूलाई आमन्त्रण गरिएको छ। विगतका वर्षहरूमा समेत सिद्धचोकमा भलिबल प्रतियोगिता हुँदै आएको थियो।

 

कमेन्ट लोड गर्नुस