सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाटभटेनीले भूकम्प पीडितलाई एक करोड ११ लाख बढी दिने

फोटो: भाटभटेनी, धनगढी
फोटो: भाटभटेनी, धनगढी । फोटो स्रोत ।
२०८० कार्तिक १८, ०९:०१ खबर संवाददाता

धनगढीः भाटभटेनी सुपरमार्केटले जाजरकोटसहितका भूकम्प पीडितका लागि एक करोड ११ लाख बढी सहयोग गर्ने भएको छ।

भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री राहत कोषमा एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ जम्मा गर्ने बताए। उनले भने, ‘जाजरकोटसहितका जिल्लाका भूकम्प पीडितका लागि नगद रकम जम्मा गर्दैछौ। ५० लाखसम्मको खाद्य सामाग्रीसमेत पठाउछौ। नगद रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्छाै, भने खाद्य सामाग्री जिल्ला प्रशासन मार्फत वितरण गर्छाै।’

शुक्रवार रातिको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ।

 

कमेन्ट लोड गर्नुस