सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा स्थानीयद्धारा फेरी सडक अवरुद्ध

२०७६ वैशाख १७, ०८:०६ खबर संवाददाता

कैलालीको लम्कीमा स्थानीयले फेरी सडक अवरुद्ध पारेका छन्। आज बिहान ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि दोषीलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतीपूर्ती माग गर्दै दिउँसो पनि राजमार्ग अवरुद्ध पारेका स्थानीयले फेरी प्रर्दशन गर्दै सडक अवरुद्ध पारेका छन्।

दोषीलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिने लिखित सहमती हुनुपर्ने माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द बोहोराले बताए। प्रजिअ बोहोराका अनुसार कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाको उपस्थितीमा मृतकका आफन्तसंग दोषीलाई कारवाही र उचित क्षतीपूर्ती दिलाउने मौखिक सहमझदारीपछि स्थानीयले दिउँसो प्रर्दशनका कार्यक्रम फिर्ता गरेका थिए।

टीकापुर अस्पतालमा युवतीको शव परिक्षण गरेर साँझ परिवारको जिम्मा लगाएपछि स्थानीयले लिखित सहमती हुनुपर्ने भन्दै लम्की चौराहमा शव राखेर प्रर्दशन गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी बोहोराले विकल्प खोजी भइरहेको जानकारी दिए।

आज बिहान पुर्वबाट पश्चिमतर्फ आइरहेको से ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिदा लम्कीचुहा १ बस्ने २३ वर्षीया युवती सुनिता रावलको मृत्यु भएको थियो।  क्याम्पसबाट साइकलमा घर फर्किरहेका बेला रावललाई ट्रकले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको थियो।

 घटना पछि चालक सुनिल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि पनि स्थानीयले बिहान ११ बजेदेखि दिउँसो ४ बजे सम्म राजमार्ग अवरुद्ध पारेका थिए भने प्रर्दशनका क्रममा १३ जना सुरक्षाकर्मी र एक स्थानीय घाईते भएका थिए। प्रहरीले भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो।   
  

कमेन्ट लोड गर्नुस