रुखबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु
२०८० कार्तिक १८, ०४:२३
डडेल्धुराः रुखबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ।
आलिताल गाउँपालिका–१ तोलि गाउँका मीनबहादुर बोहराकी श्रीमती नारूदेवी बोहराको शनिबार बिहान स्याउला काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो।
घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा शनिबार बिहान १० बजेतिर रुखबाट लडेर बोहरा खोलामा खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
कमेन्ट लोड गर्नुस