सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी समाजद्धारा स्वास्थ्य शिविरमा बचेको औषधी धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण

२०७६ वैशाख १७, ०७:४९ खबर संवाददाता

बैतडी समाज कैलालीले स्वास्थ्य शिविरमा बचेको औषधी धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। समाजले गत चैतमा बैतडीको पाटनमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाँकी रहेको औषधी आज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको बैतडी समाजले जनाएको छ। समाजले वडा नम्बर ४ का अध्यक्ष दिपक कुमार थापा मार्फत   उपमहानगरपालिकाका स्वास्थ्य शाखालाई औषधी हस्तान्तरण गरेको हो। 
 

कमेन्ट लोड गर्नुस