सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मसुरियामा निःशुल्क स्वाथ्य शिविर सुरु

२०७६ वैशाख १७, ०७:३०

कैलालीको मसुरियामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। एनएमबी बैँक मसुरिया तथा गौरीगंगा नगरपालिकाको सहयोगमा मसुरिया स्वास्थ्य चौकीले सञ्चालन गरेको शिविर तीन दिन सम्म चल्नेछ। शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच गरिने मसुरिया स्वास्थ्य चौकीले जनाएको छ। शिविरको पहिलो दिन मंगलबार मात्र दुई सय ५० जना महिलाले स्वास्थ्य सेवा लिएको मसुरिया स्वास्थ्य चौकीका ईञ्चार्ज कर्णबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार पाँच जना महिलामा पाठेघरको मुखको क्यान्सरको सम्भावना देखिएको छ। शिविर अवधीभर एक हजार महिलालाई स्वास्थ्य सेवा दिने उदेश्य राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस