सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा ट्रक र मोटरसाइकल ठोकिँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु

२०८० कार्तिक १७, ०७:३१ खबर संवाददाता

एजेन्सीः भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर हिजो बिहीवार दुर्घटना हुदा सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो।

सुर्खेतको चौकुने गाउँपालिका–७ अमलाटाकुराका रतन नेवार, उनकी श्रीमती अस्मिता, पाँच वर्षीय छोरा मिलन, दुई वर्षका छोरा धड्कन र भाइ बुहारी सुस्मिता नेवारको ज्यान गएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए। नेवार परिवार रोजगारीको सिलसिलामा भारत पुगेका थिए। उनीहरूको उतै अन्त्येष्टि गर्ने तयारी भइरहेको गाँउपालिका अध्यक्ष विकले बताए।
 

कमेन्ट लोड गर्नुस