सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मध्यपहाडी लोकमार्गको १०७ किलोमिटर कालोपत्र, मर्मत भएन

२०८० कार्तिक १६, ०१:१३ कमल सावद

धनगढीः मध्यपहाडी (पुष्पलाल) लोकमार्गको अछाम क्षेत्रमा काम पूरा भएको छ। आयोजना कार्यालयका अनुसार अछाम क्षेत्रमा १०७ किलोमिटर सडक कालोपत्रको काम पूरा भएको हो। विनायक क्षेत्रमा मात्र सडकको काम पूरा भएको छैन्। कालोपत्रको काम पूरा भएपनि बाँकी काम नसकिएको हो। 

एक सय सात किलोमिटर सडक कालोपत्रको काम गरेर निर्माण कम्पनीहरुले सकेका हुन्। तर, सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छैन। अछाम खण्डमा मंगलसैनदेखि ठाँटीखादसम्मको १७ किलोमिटर सडक शर्मा/चन्द्रा एण्ड वसन्त/दिवा जेभीले कालोपत्र गरेको छ। बेलखेतदेखि विनायकको १५ किलोमिटरको काम पूरा भएको छ। कैलाशखोला–बयालपाटा खण्डमा ११ किलोमिटरको काम पूरा भएको छ। विनायक ठाँटीखाँद खण्डको १७ किलोमिटरको काम पूरा भएको छ। आयोजना कार्यालयका इन्जिनियर देवेन्द्र भटराईले अछाम क्षेत्रको सडक निर्माणको काम पूरा भएको बताए। उनले भने, ‘अछाममा एक सय ७ किलोमिटर सडक हो। सबै काम पूरा भएको छ। एक ठेक्काको काम बाँकी छ। राजेन्द्र निर्माण सेवाले विनायक क्षेत्रमा काम पूरा गरेको छैन।’

आयोजनाका लागि ४ वटै खण्डमा गरी कुल एक अर्ब १७ करोडमा २०७३ वैशाख १६ गते सम्झौता भई काम सुरु भएको थियो। २०७६ वैशाख १६ सम्म कालोपत्रे सक्ने लक्ष रहेको यो आयोजनाको अछाम खण्डमा विनायक–ठाँटीखाँदबाहेक तीन खण्डको काम पूरा भएको हो। 

१७ किलोमिटरको ठाँटीखाँद–मंगलसेन खण्डमा भ्याटसहित ३३ करोड लागतमा शर्मा/चन्द्रा एण्ड वसन्त/दिवा जेभीले काम गरिरहेको छ भने १७ किलोमिटरकै विनायक–ठाँटीखाँद खण्डमा ३३ करोड लागतमै अनक÷लुम्बिनी÷राजेन्द्र जेभीले काम गरिरहेको छ।

यस्तै बेल्खेत– विनायकको १५ किलोमिटर खण्ड २९ करोड लागतमा गंगोत्री/ओसिस जेभीले काम गरिरहेको छ भने ११ किमिको कैलास खोला–बयालपाटा खण्डमा लामा/पिएस जेभीले २२ करोड लागतमा काम गरिरहेको छ। उनले भने, ‘हस्तान्तरण डिभिजनलाई भएको छैन। पहिरोले भत्किएको सडकक मर्मत गर्नुछ। ग्याबिन लगाउनु छ। हामीले नै मर्मत गर्नुपर्ने हो। तर, मर्मतका लागि ठेक्का भएको छैन। मंसिरमा ठेक्का होला।’ मध्यपहाडी लोकमार्ग वर्षातको पानी र पहिरोले भत्किएकोमा मर्मत नभएको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस