सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि सरकारी कार्यालयको कार्य समय एक घण्टा घट्ने

२०८० कार्तिक १५, ०५:४४ खबर संवाददाता

काठमाडौंः भोलिदेखि देशभरि कार्यालयमा काम गर्ने समय एक घण्टा घट्ने भएको छ। बिहीवार (कार्तिक १६) देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घट्ने भएको हो। सरकारी कार्यालयहरू कार्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्नेछन्।

शुक्रवारको दिन भने ३ बजेसम्म मात्र कार्यालय खुल्नेछ। माघ १६ देखि सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै खुल्नेछन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गर्छ।

कमेन्ट लोड गर्नुस