सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अन्तर बैँक फुट्सल प्रतियोगिता हुने

२०८० कार्तिक १५, १०:२७ खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीमा अन्तर बैँक फुट्सल प्रतियोगिता हुने भको छ। कात्तिक १७ र १८ गते फल्यान्ट ल्याण्डमा प्रादेशिक फुट्सल प्रतियोगिता हुने भएको हो।

नेपाल राष्ट्र बैँक कर्मचारी संघ, धनगढी समितिले फुट्सल प्रतियोगिताको आयोजना गर्दैछ। प्रतियोगितामा २१ टिमको सहभागिता रहने छ। प्रतियोगिताको मुख्य प्रायोजक अनाइसी एसीया बैँक रहेको आयोजकले जनाएको छ। नवजीवन सहकारी संस्थासहितका १५ वटा बैँक तथा वित्तीय संस्थाहरूले प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेका छन्।

दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गरिएको हो।

 

कमेन्ट लोड गर्नुस