सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सवारी दुर्घटना, एक जनाको मृत्यु, चालक नियन्त्रणमा

२०८० कार्तिक १५, ०९:५७ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा मोटरसाइकल र कार एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

जिल्लाको आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१च २९५५ नम्बरको कार एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका धामीको टाउकोमा चोट लागेको र उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल पु¥याएपछि डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

विपरित दिशाबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको कार र उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस