सुदूर नेपाललाई विश्वसँग जोड्दै

इनारमा खसेको ५ दिनपछि जीवितै उद्धार

२०७६ वैशाख १७, ०२:५२ खबर संवाददाता

सर्लाहिको हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको सोमबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ। हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो। 

गएको वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई सोमबार ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ।  
 

कमेन्ट लोड गर्नुस