सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमर यादव नेतृत्वको मधेश तराई फोरम पार्टी सत्तारुढ नेकपामा समाहित

२०७६ वैशाख १७, ०२:१५ खबर संवाददाता

तराईमा क्रियाशील अमर यादव नेतृत्वको मधेश तराई फोरम पार्टी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ। मंगलबार बिहान एक कार्यक्रमकाबीच अध्यक्ष अमर यादवसहितका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरमका अध्यक्ष यादवसहितलाई टीका माला लगाएर नेकपामा प्रवेश गराएको हो। नेकपामा प्रवेश गरेसँगै मधेशतराई फोरम विलय भएको छ। 

अमर यादवले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट अलग हुँदै छुट्टै पार्टी गठन गरेको थियो। नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको पहलमा यादवसहितको टोली नेकपा प्रवेश गरेको हो। समायोजनपछि अध्यक्ष यादवले आफ्नो पार्टीका नेता कार्यकर्ताको नेकपामा उचित स्थान मिल्ने पनि विश्वास गरे।

मधेशको नाम भजाएर मधेसी दलले मधेसी नागरिकमाथि खेलबाड गरिरहेकाले त्यस्तो प्रवृत्तिलाई परास्त गर्न आफूहरु देशको सबैभन्दा ठूलो दल र विकाश र समृद्धिमा लागिपरेको दल नेकपामा प्रवेश गरेको यादवले बताए। 

कमेन्ट लोड गर्नुस