सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

२०८० कार्तिक १३, ०९:५८ खबर संवाददाता

काठमाडौँ: भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो।
रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए। दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस