सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जिप दुर्घटना

२०८० कार्तिक १३, ०८:५९ खबर संवाददाता

अछामः अछाममा जिप दुर्घटना भएको छ। सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जिप दुर्घटनामा परेको हो।

गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जिप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ। जिपमा चालक धनबहादुर थापा मात्रै रहेको बुझिएको छ। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो।

कमेन्ट लोड गर्नुस