सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेटवार्ता

२०८० कार्तिक १२, ०६:१२ खबर संवाददाता

काठमाण्डौँः  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका थिए। महासचिव गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन्।
 

कमेन्ट लोड गर्नुस