सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक गाईगोठमा आगलागी

२०८० कार्तिक १२, ०५:२६ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक गाईगोठमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरियाकी फागु सार्कीको गाईगोठमा आगलागी भएको हो।

आगलागीबाट गाईगोठ र पराल जलेर पुर्णरुपमा नष्ट भएको छ। आगलागीबाट करिब ७५ हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउँन बाकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस