सुदूर नेपाललाई विश्वसँग जोड्दै

जथाभावी कर नउठाउन बालाजी कन्स्ट्रक्सनलाई उपमहानगरको निर्देशन

२०८० कार्तिक १२, ०४:१८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले जथाभावी बहाल बिटौरी कर संकलन नगर्न बालाजी कन्स्ट्रक्सनलाई निर्देशन दिएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को धनगढीबाट संकलन गरिने आन्तरिक आय तर्फको बहाल बिटौरी कर संकलन गर्ने ठेक्का पाएको बालाजी कन्स्ट्रक्सनलाई साइकल, मोटरसाइकल, पैदल दूध, तरकारी तथा कबाडी सामानहरूको व्यवसाय गर्ने व्यक्तिहरूसँग अवैध रुपमा वहाल बिटौरी कर संकलन नगर्न सचेत गराइएको छ।

ठेकेदार कम्पनीले जथाभावी वहाल विटौरी कर संकलन गरेको गुनासो आएको भन्दै उपमहानगरले आइतबार बालाजी कन्स्ट्रक्सनलाई पत्र काट्दै अवैध कार्य रोक्न निर्देशन दिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित पत्रमा अवैध कार्य रोकेको नपाइएमा कम्पनीले पेश गरेको बैंक ग्यारेन्टी जफत गर्दै ठेक्का तोड्ने चेतावनी समेत दिइएको छ।

उपमहानगरले वहाल विटौरी करका नाममा साइकल, मोटरसाइकल, पैदल र कवाडी काम गर्नेहरूबाट हालसम्म उठाइएको रकमको विवरण तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।

May be an image of ticket stub and text

कमेन्ट लोड गर्नुस