सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव

२०८० कार्तिक १२, ०७:०९ खबर संवाददाता

धनगढीः पश्चिम नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव छ। देशभर क्रमशः चिसो बढ्दो क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतवार मनाङको तापक्रम माइनस १ डिग्री मापन भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार जोमोममा न्युनतम तापक्रम माइनस २.५ डिग्री थियो। काठमाडौंको न्युनतम तापक्रम शनिबार ११ डिग्री मापन भएको थियो।

आज बिहान काठमाडौंको तापक्रम १० देखि १२ डिग्रीबीच रहेको थियो।

चिसो बढेपनि हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

रातिपनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा रातिपनि  हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस