सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानका राजा अकिहितोले आज गद्दी त्याग गर्ने

२०७६ वैशाख १७, ०१:०३ खबर संवाददाता

जापानका राजा अकिहितोले आज गद्दी त्याग गर्दै छन्। जापानको २ सय वर्षको इतिहासमा उनी जिउँदो हुँदै गद्दी त्याग गर्ने पहिलो राजा हुनेछन् ८५ वर्षीय अकिहितो पछि उनका छोरा नरूहितोले भोलि गद्दी सम्हाल्नेछन्। 

जापानी राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ। तर पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए।

सन् २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन्। राजा अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहले हालै कानुनी स्वीकृति पाइसकेको छ। जापानी संसद्ले कानुनी बन्देज फुकाइदिएपछि उनले गद्दी त्याग गर्न लागेका हुन्। 
 

कमेन्ट लोड गर्नुस