सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली आक्रमणका ‘मास्टर माइन्ड’ मारेको इजरायलको दाबी

२०८० कार्तिक ११, ०६:११ खबर संवाददाता

एजेन्सीः  जेरुसेलम– इजरायल–हमास युद्ध जारी छ। इजरायलद्वारा गाजामा लगातार बमबारी भइरहेको छ। हिजो(शुक्रवार) राति भएको युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ।

इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका प्रमुख एसेम अबु रकाबालाई आक्रमण गरेका थिए, जुन आक्रमणमा उनको मृत्यु भएको दाबी गरेको छ। हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने डरलाग्दो योजना बनाउनमा अबु रकाबाको संलग्नता रहेको इजरायलले आरोप लगाउँदै आएको थियो।

उसका अनुसार रकाबाले प्याराग्लाइडरमा इजरायलमा घुसपैठ गर्ने आतंककारीहरूलाई आदेश दिएका थिए र इजरायली सैन्य लक्ष्यहरूमा ड्रोन आक्रमणका लागि जिम्मेवार थिए। आइडिएफले ट्वीट गर्दै यो जानकारी दिएको हो। ‘रातभर आइडीएफका लडाकु विमानहरूले हमासको हवाई एरेका प्रमुख असाम अबू रकाबालाई आक्रमण गरे। 
 

कमेन्ट लोड गर्नुस