सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा इजरायलको अहिले सम्मकै ठूलो हवाई आक्रमण

२०८० कार्तिक ११, ०४:४९ खबर संवाददाता

एजेन्सीः  इजरायलले गाँजामा अहिले सम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको दाबी गरेको छ। इजरायली रक्षा बलले गाजा युद्धको अहिलेसम्मको सबैभन्दा ठूलो हवाई हमला भएको जनाएको हो। एक सय वटा बिमानहरुले गाँजाका १५० भन्दा बढी भूमिगत सुरुङमा लक्षित गर्दै आक्रमण गरेको हो।

इजरायलले भूमिगत आतंकवादी पूर्वाधारमा समेत आक्रमण गरेका छन्। आक्रमणका क्रममा गाजाका प्यालेस्टिनी बासिन्दाहरूले गाजापट्टीका तीन स्थानहरूमा रातभर इजरायली सेना र हमासबीच झडप भएको समेत बताएको छ। आक्रमणका कारण हिजो साँझदेखि गाजामा इन्टरनेट र मोबाइल सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्।

गाजामा हमास र इजरायलको युद्ध चर्कंदै जाँदा यसको असर लेबनानमा पनि देखिएको छ। लेबनानी अधिकारीहरूले आज बेरुत अन्तर्राष्ट्रिय विमानस्थल र यसका वरपरका आपतकालिन सेवामा रहेका सबै पूर्बाधारहरु तत्काल खाली गर्न निर्देशन दिएको छ।
 

कमेन्ट लोड गर्नुस