सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा तनाव : प्रर्दशन उग्र भएपछि अश्रुग्यास प्रहार

२०७६ वैशाख १७, १२:५५ खबर संवाददाता

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेको छ। युवतीको मृत्युपछि आक्रोशित भएका स्थानीयले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध पारेपछि स्थिती तनावग्रस्त भएको हो। प्रर्दशन उग्र भएर स्थानीयले प्रहरीमाथि नै ढुङ्गा हानेपछि भीड नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले प्रर्दशन उग्र भएपछि भीड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए। प्रर्दशनका क्रममा स्थानीयले हानेको ढुङ्गा लागेर केही सुरक्षाकर्मी घाईते भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। उनका अनुसार स्थिती तनावग्रस्त भएपछि लम्कीमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीयले अहिले पनि प्रर्दशन जारी राखेका छन्। राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन लम्कीमै रोकिएका छन्।   

  

कमेन्ट लोड गर्नुस