सुदूर नेपाललाई विश्वसँग जोड्दै

काबुलमा पेट्रोल बम विस्फोट हुदा ४ जनाको मृत्यु

२०८० कार्तिक ११, ०४:२६ खबर संवाददाता

एजेन्सीः अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको पेट्रोल बम विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। काबुलका प्रहरी प्रवक्ता खालिद जदरानले बिहीवार साँज बजार क्षेत्रमा विस्फोट भएको बताए।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विस्फोटको जिम्मा आईएसआईएसले लिएको छ। गत दुई सातायता सो क्षेत्रमा भएको यो दोस्रो विस्फोट हो। यसअघि पनि सो क्षेत्रमा एक पार्किङस्थलमा विस्फोट भएको थियो।
 

कमेन्ट लोड गर्नुस