सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नवजात शिशुको शव फेला

२०८० कार्तिक ११, १२:४१ खबर संवाददाता

डोटीः डोटीमा एक नवजात शिशुको शव फेला परेको छ।

जिल्लाको शिखर नगरपालिका–६ तीलतालीस्थित सेती नदीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको हो। बिहीबार साँझ ५ बजेको समयमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए।

८/९ महिनाको जस्तो देखिने नबजात शिशुको शव फेला परेको उनले बताए। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस